Dipendra Pokharel's Blog
Crop Development Training Officer Regional Agricultural Training Center Directorate of Agricultural Training Government of Nepal Nepal
Wednesday, June 19, 2013
Agrobiodiversity for Food Security in Nepal
नेपाल क्षेत्रफलका आधारमा सानो भए तापनि जैविक विविधतामा धनी राष्ट्रमै पर्छ । जैविक विविधतामा नेपाल विश्वकै ३१ औं स्थान र एसियाको ११ औं स्थानमा पर्छ । कृषिप्रधान देश र साथै मौसम विविधताले गर्दा जैविक विविधता पनि नेपालमा बढी छ । नेपालमा १० हजार १ सय ७ प्रजातिका वनस्पतिहरू पाइएका छन् । जसमध्ये ५ हजार ८ सय ९१ पुष्पक बिरुवाहरू छन् । यी पुष्पक बिरुवामध्ये कति बालीले खाद्य उपलब्ध गराउँछन् भन्ने थाहा छैन र कतिपय बालीबिरुवा त पहिचानपूर्व नै लोप भइसकेका छन् ।
कुनै पनि देशलाई खाद्य सुरक्षातर्फ डो¥याउन कृषि जैविक विविधताले महŒवपूर्ण र विकल्परहित भूमिका रहन्छ । दु्रततर गतिमा बढिरहेको जनसंख्यालाई सरल रूपमा खाद्य उपलब्ध गराउने निहुँमा भित्रिएको हरित क्रान्तिसँगै हाम्रो पर्यावरणमैत्री प्रणालीमा नकरात्मक असर पु¥याएको छ । हरित क्रान्तिको नामसँगै भित्रिएका वर्णशंकर बीउबिजनमा, विषादी, रसायनिक मलजस्ता कच्चापदार्थको अधिक प्रयोगले हाम्रो कृषि जैविक विविधताको स्थितिमा गिरावट ल्याइदिएको छ । हरित क्रान्तिपश्चात् स्थानीय बालीनाली र जातहरू लोप हुन पुगेका छन् ।
थुप्रै वर्णशंकर र आणुवंशिक परिवर्तित बालीहरू हाम्रो कृषि प्रणलीमा भित्रिएसँगै खासगरी तीन–चार बालीको मात्र अधिक स्थान पाएको पाइन्छ । विश्वको खाद्य सुरक्षामा पनि यिनै मुख्य बाली (धान, मकै, गहुँ, आलु) ले मुख्य स्थान ओगटेका छन् । यी मुख्य बालीले क्षणिक समयमा फाइदाजस्तै देखाए पनि यिनीहरूको एकात्मक बाली प्रणाली अवलम्बन गरिने हुँदा हाम्रा महŒवपूर्ण र विभिन्न बालीनालीका अनवंशहरू दिनानुदिन लोप हुँदै गइरहेका छन् ।
बजारमा हाइब्रिड र उन्नत बीउबिजनको नाममा भित्रिएका कच्चापदार्थले कृषि पेसामा संलग्न कृषकहरूलाई सरल तवरले कच्चापदार्थ उपलब्ध गराउनुभन्दा पनि पुस्तौंदेखि कृषकहरूले जोगाउँदै आएको महŒवपूर्ण बीउबिजन प्रणालीमा पनि खतरा पु¥याएको छ र यस्ता बालीनालीको उपभोगले गर्दा हाम्रा स्थानीय र रैथाने जातहरू लोप हुँदै गइरहेका छन् ।
नेपाली कृषि पर्यावरणमा जैविक विविधताको विनाश एक प्रमुख समस्याका रूपमा उत्पन्न भएको छ । परम्परागत कृषि प्रणालीमा कृषकको बुद्धिमतासँगै कृषि जैविक विविधता कायम गर्दै आइन्थ्यो भने हरित क्रान्तिपश्चात् यी महŒवपूर्ण ज्ञानहरूसमेत धरापमा परेका छन् र लोप हुने अवस्थामा छन् । विश्व खाद्य संगठनका अनुसार ३ प्रतिशतभन्दा कम वनस्पति मात्र खाद्यबालीमा उपयोग गरिएको छ र तीमध्ये पनि अधिकांश बालीहरू उपेक्षित भई लोप भइसकेका छन् । नेपालजस्तो विकासोन्मुख देशमा त झन् जैविक विविधता खस्कने दर उच्च छ ।
कृषिमा आधुनिकीकरण र व्यापारीकरणसँगै आधुनिक कृषि प्रणली उल्टो पिरामिडमा खडा छ भन्दा फरक नपर्ला, किनकि आजको आधुनिक कृषिप्रणाली साघुरो आणुवंशिक धरातलमा अवस्थित छ । बढ्दो आनुवंशिक क्षय र साँघुरो आनुवंशिक धरातलले गर्दा खाद्य सुरक्षामा गम्भीर असर पु¥याउँछ भन्नेमा कुनै द्विविधा छैन ।
कृषि र सम्पूर्ण पर्यावरणलाई जिउँदो र सक्रिय तुल्याउन कृषि जैविक विविधताको संरक्षण गर्दै सही तवरले उपभोग गर्न जरुरी हुन्छ । जैविक विविधता ठूलो भण्डार हो जहाँबाट हामी थुप्रै अवसर पाउछौँ ।
स्थानीय स्तरमा उपलब्ध हुने हाम्रा रैथाने बालीहरूमा बढी उत्पादन दिने, खडेरी सहन सक्ने, कम मलिलो जग्गामा फल्ने, शत्रुजीव कम लाग्ने आदि जस्ता गुणहरू पाइन्छन् । नयाँ जातको विकास गर्न रैथाने वा स्थानीय बालीहरूको महŒवपूर्ण भूमिका रहन्छ । रैथाने जातबिना हामी नयाँ बालीको विकास गर्न सक्दैनौं । तसर्थ बाली प्रवद्र्धनमा समेत जैविक विविधताको भूमिका महŒवपूर्ण छ ।
प्राकृतिक स्रोतको बढी प्रयोग र दुरुपयोग, वनजंगल फँडानी र डढेलो, हाइब्रिड बीउबिजनको बढ्दो उपभोग, अवैधानिक व्यापार, उपेक्षित बाली र सरकारको जैविक विविधताविरोधी नीति तथा कार्यक्रमले आनुवंशिक क्षयलाई तीव्रता दिएको छ । बढ्दो जनसंख्या सँगै वनजंगल फँडानी र कृषियोग्य जमिनलाई घडेरीमा परिणत भएकाले कृषि जैविक विविधतामा गम्भीर असर पु¥याएको छ । आज विश्व मौसम परिवर्तनसँगै हाम्रो कृषि उत्पादन र उत्पादकत्व ओरालो लागेको छ । कृषिमा वैज्ञानिकीकरणसँगै वर्णशंकर र आणुवांशिक परिवर्तित बालीहरूले अपत्यारलाग्दो उचाइ हासिल गरेका छन् र हाम्रा स्थानीय जात र बालीहरू ओझेलमा परेका छन् । कतिपय त लोप भइसकेका छन् । कृषिमा वैज्ञानिकरण भनिए तापनि कृषक, पर्यावरण र जैविक विविधतामा विभिन्न नकारात्मक असर पारेको छ ।
देशको स्थानीय स्तरमा उपलब्ध स्रोत, साधन र सीपको समुचित उपभोग गर्दै देशलाई सुमार्गतर्फ डो¥याउनु सम्बन्धित पदमा आसिन व्यक्तिहरूको जिम्मेवारी हो । कृषि विकासको लागि ल्याइएको दीर्घकालीन कृषि योजनामा उपेक्षित बालीनालीका लागि खासै स्थान दिइएको हैन, बरु झन् आयातित कच्चापदार्थ ( बीउबिजन, रासायनिक मल, विषादी) मा राज्यले राहत दिँदै कृषकलाई कुलतमा फसाउने प्रयास ग¥यो । कर्णालीलगायत देशका पहाडी जिल्लामा खाद्यसुरक्षा प्रदान गर्न ढुवानी खर्चमा दिइने अनुदानले गर्दा सस्तोमा चामल पाएपछि कृषकहरूले स्थानीय बाली लगाउन छाडेका छन् । भातलाई आधार बनाएर गरिएको राजनीतिले त्यहाँका स्थानीय बालीलाई गम्भीर असर पु¥याएको छ र खाद्य संकटको समस्या झन् बढाउनेमा निश्चित छ । तसर्थ, सरकारले चामलमा अनुदान बढाउनुभन्दा स्थानीय खाद्य उत्पादन वृद्धि गर्न लगानी गरेको भए त्यस जिल्लालगायत अन्य दुर्गम जिल्लाको दिगो विकास र खाद्य सुरक्षातर्फ डो¥याउँदै त्यहाँको जैविक विविधता कायम राख्न सकिन्थ्यो कि ?
नेपालमा जैविक विविधता खस्कँदो अवस्थामा छ भन्ने कुरा थाहा नभएको चाहिँ होइन । खस्कँदो कृषि जैविक विविधतासँगै हाम्रो कृषि उत्पादनमा कटौती आइरहेको कटु सत्य हो । जैविक विविधता संरक्षण कतिपय गैरसरकारी संस्थाका लागि डलर फसाउने हतियार बनेको छ ।
विश्व खाद्य संगठनको एक प्रतिवेदनअनुसार हाल अवलम्बन भइरहेको बाली प्रजनन पद्धतिमा पुनर्विचार गर्नु जरुरी भएको छ । तसर्थ जैविक विविधता कायम गर्दै कृषि उत्पादन वृद्धि गर्न सहभागितामूलक बाली प्रजननको सहारा लिनु जरुरी हुन्छ, जसमा साना कृषकको भूमिका र उनीहरूको कृषि जैविक विविधता व्यवस्थापनमा लागेको ज्ञानलाई समावेश गरिन्छ र यो पद्धतिबाट कृषकले आफूहरूलाई आवश्यक पर्ने बालीनाली आफैं विकास गर्ने सक्ने हुन्छन् र परनिर्भरता घटाउँदै जैविक विविधता कायम गर्न सकिनेमा निर्विवाद छ । स्थानीय स्तरमा थुप्रै सम्भावना बोकेर पनि उपेक्षित भएका बालीहरूको पनि प्रवद्र्धन गर्न जरुरी हुन्छ । कृषि जैविक विविधता र दिगो कृषि विकास एक–आपसमा परिपूरक हुन र कृषि जैविक विविधताबिना हामी दिगो कृषि प्रणाली सोच्न सक्दैनौं, तसर्थ नेपाललाई आर्थिक तवरले समृद्ध तथा साँच्चिकैको कृषिप्रधान देश बनाउन जैविक विविधता संरक्षणको विकल्प छैन । देशमा विद्यमान कृषि विकाससँग सम्बन्धित नीति तथा कार्यक्रमको जैविक विविधतामा परेको र पर्न सक्ने विभिन्न नकरात्मक असर समयमै पहिलाउन उपयुक्त हुन्छ । जैविक विविधताले सु–सम्पन्न हाम्रो विविधता कायम गर्न नसक्नु दुःखलाग्दो कुरा हो । जैविक विविधताको संरक्षण गर्नु सम्पूर्ण नेपालीको जिम्मेवारी पनि हो । कृषि जैविक विविधताको विनाशलाई नियन्त्रण गरी देशलाई खाद्य सुरक्षातर्फ डो¥याउन जरुरी छ ।
Subscribe to:
Posts (Atom)