Pages

Wednesday, June 19, 2013

Agrobiodiversity for Food Security in Nepal

नेपाल क्षेत्रफलका आधारमा सानो भए तापनि जैविक विविधतामा धनी राष्ट्रमै पर्छ । जैविक विविधतामा नेपाल विश्वकै ३१ औं स्थान र एसियाको ११ औं स्थानमा पर्छ । कृषिप्रधान देश र साथै मौसम विविधताले गर्दा जैविक विविधता पनि नेपालमा बढी छ । नेपालमा १० हजार १ सय ७ प्रजातिका वनस्पतिहरू पाइएका छन् । जसमध्ये ५ हजार ८ सय ९१ पुष्पक बिरुवाहरू छन् । यी पुष्पक बिरुवामध्ये कति बालीले खाद्य उपलब्ध गराउँछन् भन्ने थाहा छैन र कतिपय बालीबिरुवा त पहिचानपूर्व नै लोप भइसकेका छन् । कुनै पनि देशलाई खाद्य सुरक्षातर्फ डो¥याउन कृषि जैविक विविधताले महŒवपूर्ण र विकल्परहित भूमिका रहन्छ । दु्रततर गतिमा बढिरहेको जनसंख्यालाई सरल रूपमा खाद्य उपलब्ध गराउने निहुँमा भित्रिएको हरित क्रान्तिसँगै हाम्रो पर्यावरणमैत्री प्रणालीमा नकरात्मक असर पु¥याएको छ । हरित क्रान्तिको नामसँगै भित्रिएका वर्णशंकर बीउबिजनमा, विषादी, रसायनिक मलजस्ता कच्चापदार्थको अधिक प्रयोगले हाम्रो कृषि जैविक विविधताको स्थितिमा गिरावट ल्याइदिएको छ । हरित क्रान्तिपश्चात् स्थानीय बालीनाली र जातहरू लोप हुन पुगेका छन् । थुप्रै वर्णशंकर र आणुवंशिक परिवर्तित बालीहरू हाम्रो कृषि प्रणलीमा भित्रिएसँगै खासगरी तीन–चार बालीको मात्र अधिक स्थान पाएको पाइन्छ । विश्वको खाद्य सुरक्षामा पनि यिनै मुख्य बाली (धान, मकै, गहुँ, आलु) ले मुख्य स्थान ओगटेका छन् । यी मुख्य बालीले क्षणिक समयमा फाइदाजस्तै देखाए पनि यिनीहरूको एकात्मक बाली प्रणाली अवलम्बन गरिने हुँदा हाम्रा महŒवपूर्ण र विभिन्न बालीनालीका अनवंशहरू दिनानुदिन लोप हुँदै गइरहेका छन् । बजारमा हाइब्रिड र उन्नत बीउबिजनको नाममा भित्रिएका कच्चापदार्थले कृषि पेसामा संलग्न कृषकहरूलाई सरल तवरले कच्चापदार्थ उपलब्ध गराउनुभन्दा पनि पुस्तौंदेखि कृषकहरूले जोगाउँदै आएको महŒवपूर्ण बीउबिजन प्रणालीमा पनि खतरा पु¥याएको छ र यस्ता बालीनालीको उपभोगले गर्दा हाम्रा स्थानीय र रैथाने जातहरू लोप हुँदै गइरहेका छन् । नेपाली कृषि पर्यावरणमा जैविक विविधताको विनाश एक प्रमुख समस्याका रूपमा उत्पन्न भएको छ । परम्परागत कृषि प्रणालीमा कृषकको बुद्धिमतासँगै कृषि जैविक विविधता कायम गर्दै आइन्थ्यो भने हरित क्रान्तिपश्चात् यी महŒवपूर्ण ज्ञानहरूसमेत धरापमा परेका छन् र लोप हुने अवस्थामा छन् । विश्व खाद्य संगठनका अनुसार ३ प्रतिशतभन्दा कम वनस्पति मात्र खाद्यबालीमा उपयोग गरिएको छ र तीमध्ये पनि अधिकांश बालीहरू उपेक्षित भई लोप भइसकेका छन् । नेपालजस्तो विकासोन्मुख देशमा त झन् जैविक विविधता खस्कने दर उच्च छ । कृषिमा आधुनिकीकरण र व्यापारीकरणसँगै आधुनिक कृषि प्रणली उल्टो पिरामिडमा खडा छ भन्दा फरक नपर्ला, किनकि आजको आधुनिक कृषिप्रणाली साघुरो आणुवंशिक धरातलमा अवस्थित छ । बढ्दो आनुवंशिक क्षय र साँघुरो आनुवंशिक धरातलले गर्दा खाद्य सुरक्षामा गम्भीर असर पु¥याउँछ भन्नेमा कुनै द्विविधा छैन । कृषि र सम्पूर्ण पर्यावरणलाई जिउँदो र सक्रिय तुल्याउन कृषि जैविक विविधताको संरक्षण गर्दै सही तवरले उपभोग गर्न जरुरी हुन्छ । जैविक विविधता ठूलो भण्डार हो जहाँबाट हामी थुप्रै अवसर पाउछौँ । स्थानीय स्तरमा उपलब्ध हुने हाम्रा रैथाने बालीहरूमा बढी उत्पादन दिने, खडेरी सहन सक्ने, कम मलिलो जग्गामा फल्ने, शत्रुजीव कम लाग्ने आदि जस्ता गुणहरू पाइन्छन् । नयाँ जातको विकास गर्न रैथाने वा स्थानीय बालीहरूको महŒवपूर्ण भूमिका रहन्छ । रैथाने जातबिना हामी नयाँ बालीको विकास गर्न सक्दैनौं । तसर्थ बाली प्रवद्र्धनमा समेत जैविक विविधताको भूमिका महŒवपूर्ण छ । प्राकृतिक स्रोतको बढी प्रयोग र दुरुपयोग, वनजंगल फँडानी र डढेलो, हाइब्रिड बीउबिजनको बढ्दो उपभोग, अवैधानिक व्यापार, उपेक्षित बाली र सरकारको जैविक विविधताविरोधी नीति तथा कार्यक्रमले आनुवंशिक क्षयलाई तीव्रता दिएको छ । बढ्दो जनसंख्या सँगै वनजंगल फँडानी र कृषियोग्य जमिनलाई घडेरीमा परिणत भएकाले कृषि जैविक विविधतामा गम्भीर असर पु¥याएको छ । आज विश्व मौसम परिवर्तनसँगै हाम्रो कृषि उत्पादन र उत्पादकत्व ओरालो लागेको छ । कृषिमा वैज्ञानिकीकरणसँगै वर्णशंकर र आणुवांशिक परिवर्तित बालीहरूले अपत्यारलाग्दो उचाइ हासिल गरेका छन् र हाम्रा स्थानीय जात र बालीहरू ओझेलमा परेका छन् । कतिपय त लोप भइसकेका छन् । कृषिमा वैज्ञानिकरण भनिए तापनि कृषक, पर्यावरण र जैविक विविधतामा विभिन्न नकारात्मक असर पारेको छ । देशको स्थानीय स्तरमा उपलब्ध स्रोत, साधन र सीपको समुचित उपभोग गर्दै देशलाई सुमार्गतर्फ डो¥याउनु सम्बन्धित पदमा आसिन व्यक्तिहरूको जिम्मेवारी हो । कृषि विकासको लागि ल्याइएको दीर्घकालीन कृषि योजनामा उपेक्षित बालीनालीका लागि खासै स्थान दिइएको हैन, बरु झन् आयातित कच्चापदार्थ ( बीउबिजन, रासायनिक मल, विषादी) मा राज्यले राहत दिँदै कृषकलाई कुलतमा फसाउने प्रयास ग¥यो । कर्णालीलगायत देशका पहाडी जिल्लामा खाद्यसुरक्षा प्रदान गर्न ढुवानी खर्चमा दिइने अनुदानले गर्दा सस्तोमा चामल पाएपछि कृषकहरूले स्थानीय बाली लगाउन छाडेका छन् । भातलाई आधार बनाएर गरिएको राजनीतिले त्यहाँका स्थानीय बालीलाई गम्भीर असर पु¥याएको छ र खाद्य संकटको समस्या झन् बढाउनेमा निश्चित छ । तसर्थ, सरकारले चामलमा अनुदान बढाउनुभन्दा स्थानीय खाद्य उत्पादन वृद्धि गर्न लगानी गरेको भए त्यस जिल्लालगायत अन्य दुर्गम जिल्लाको दिगो विकास र खाद्य सुरक्षातर्फ डो¥याउँदै त्यहाँको जैविक विविधता कायम राख्न सकिन्थ्यो कि ? नेपालमा जैविक विविधता खस्कँदो अवस्थामा छ भन्ने कुरा थाहा नभएको चाहिँ होइन । खस्कँदो कृषि जैविक विविधतासँगै हाम्रो कृषि उत्पादनमा कटौती आइरहेको कटु सत्य हो । जैविक विविधता संरक्षण कतिपय गैरसरकारी संस्थाका लागि डलर फसाउने हतियार बनेको छ । विश्व खाद्य संगठनको एक प्रतिवेदनअनुसार हाल अवलम्बन भइरहेको बाली प्रजनन पद्धतिमा पुनर्विचार गर्नु जरुरी भएको छ । तसर्थ जैविक विविधता कायम गर्दै कृषि उत्पादन वृद्धि गर्न सहभागितामूलक बाली प्रजननको सहारा लिनु जरुरी हुन्छ, जसमा साना कृषकको भूमिका र उनीहरूको कृषि जैविक विविधता व्यवस्थापनमा लागेको ज्ञानलाई समावेश गरिन्छ र यो पद्धतिबाट कृषकले आफूहरूलाई आवश्यक पर्ने बालीनाली आफैं विकास गर्ने सक्ने हुन्छन् र परनिर्भरता घटाउँदै जैविक विविधता कायम गर्न सकिनेमा निर्विवाद छ । स्थानीय स्तरमा थुप्रै सम्भावना बोकेर पनि उपेक्षित भएका बालीहरूको पनि प्रवद्र्धन गर्न जरुरी हुन्छ । कृषि जैविक विविधता र दिगो कृषि विकास एक–आपसमा परिपूरक हुन र कृषि जैविक विविधताबिना हामी दिगो कृषि प्रणाली सोच्न सक्दैनौं, तसर्थ नेपाललाई आर्थिक तवरले समृद्ध तथा साँच्चिकैको कृषिप्रधान देश बनाउन जैविक विविधता संरक्षणको विकल्प छैन । देशमा विद्यमान कृषि विकाससँग सम्बन्धित नीति तथा कार्यक्रमको जैविक विविधतामा परेको र पर्न सक्ने विभिन्न नकरात्मक असर समयमै पहिलाउन उपयुक्त हुन्छ । जैविक विविधताले सु–सम्पन्न हाम्रो विविधता कायम गर्न नसक्नु दुःखलाग्दो कुरा हो । जैविक विविधताको संरक्षण गर्नु सम्पूर्ण नेपालीको जिम्मेवारी पनि हो । कृषि जैविक विविधताको विनाशलाई नियन्त्रण गरी देशलाई खाद्य सुरक्षातर्फ डो¥याउन जरुरी छ ।